गृहपृष्ठ ∕ समाचार ∕ अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत जीएनएन साउन १९, २०७७ गते २२:०६ मा प्रकाशित जोहान्सवर्ग, दक्षिण अफ्रीका- दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। अफ्रीका महादेशका ५४ देशमध्ये दक्षिण अफ्रीका कोरोना संक्रमणबाट सबैभन्दा नराम्रोसंग प्रभावित देश हो।अमेरिका, ब्राजिल, रुस र भारतपछि कोरोनाबाट सबैभन्दा प्रभावित देशमध्ये दक्षिण अफ्रीका पाँचौ देश हुनपुगेको छ। दक्षिण अफ्रीकाका स्वास्थ्यमन्त्री स्कुविजिनाए मैकिनिजेले आज सोमबारमात्रै कोरोना संक्रमणका १०,१०७ नयाँ केश सार्वजनिक भएको बताएका छन। जुन आजसम्मै सबैभन्दा उच्च संख्या हो। योसंगै दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको छ भने ८ हजार १५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।कोरोना संक्रमणबाट दक्षिण अफ्रीकामा एकजना नेपालीको पनि मृत्यु भएको छ। जोहान्सवर्गमा कार्यरत पाँचथर झापाका ३४ बर्षका युवा नियालसन बोखिम लिम्बुको निधन भएको हो। उनको मृत्यु कोरोनाको कारणले भएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।हालसम्म अफ्रीकामा २२ जना नेपाली नागरिकहरुमाझ कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ११ जनाको उपचार भैरहेको छ। संक्रमितमध्ये १० निको भई फर्किईसकेका पनि छन। कोरोना संक्रमित हुनेहरुमा साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा रहेका नेपाली नागरिकहरु रहेको खबर नाईजेरिया लेगोसमा बसोबास गर्दैआऊनुभएका गैरआवासिय नेपाली संघ एनआरएनएका पूर्वकोषाध्यक्ष एवं एनआरएनए भाषा साहित्य तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी गराऊनुभएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१…जबरजस्ती करणी गरेको अभियोगमा पक्राउएशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोगएचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री