गृहपृष्ठ ∕ समाचार ∕ अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत अफ्रीकाका नेपालीमाझ कोरोना संक्रमण- २२ मध्ये १ को मृत्यु, बाँकी उपचाररत जीएनएन साउन १९, २०७७ गते २२:०६ मा प्रकाशित जोहान्सवर्ग, दक्षिण अफ्रीका- दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। अफ्रीका महादेशका ५४ देशमध्ये दक्षिण अफ्रीका कोरोना संक्रमणबाट सबैभन्दा नराम्रोसंग प्रभावित देश हो।अमेरिका, ब्राजिल, रुस र भारतपछि कोरोनाबाट सबैभन्दा प्रभावित देशमध्ये दक्षिण अफ्रीका पाँचौ देश हुनपुगेको छ। दक्षिण अफ्रीकाका स्वास्थ्यमन्त्री स्कुविजिनाए मैकिनिजेले आज सोमबारमात्रै कोरोना संक्रमणका १०,१०७ नयाँ केश सार्वजनिक भएको बताएका छन। जुन आजसम्मै सबैभन्दा उच्च संख्या हो। योसंगै दक्षिण अफ्रीकामा कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार २९० पुगेको छ भने ८ हजार १५३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।कोरोना संक्रमणबाट दक्षिण अफ्रीकामा एकजना नेपालीको पनि मृत्यु भएको छ। जोहान्सवर्गमा कार्यरत पाँचथर झापाका ३४ बर्षका युवा नियालसन बोखिम लिम्बुको निधन भएको हो। उनको मृत्यु कोरोनाको कारणले भएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।हालसम्म अफ्रीकामा २२ जना नेपाली नागरिकहरुमाझ कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये ११ जनाको उपचार भैरहेको छ। संक्रमितमध्ये १० निको भई फर्किईसकेका पनि छन। कोरोना संक्रमित हुनेहरुमा साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा रहेका नेपाली नागरिकहरु रहेको खबर नाईजेरिया लेगोसमा बसोबास गर्दैआऊनुभएका गैरआवासिय नेपाली संघ एनआरएनएका पूर्वकोषाध्यक्ष एवं एनआरएनए भाषा साहित्य तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी गराऊनुभएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट