गृहपृष्ठ ∕ समाचार ∕ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ एसिड पीडित भन्छन् : आक्रमणकारीलाई जन्म कैद नै हुनुपर्छ जीएनएन साउन १९, २०७७ गते १९:५२ मा प्रकाशित काठमाडौं – तेजाब (एसिड) पीडितहरुले आक्रमण गर्ने व्यक्तिलाई जन्मकैदको माग गरेका छन् ।प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा उनीहरुले कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको बताए ।एसिड आक्रमणबाट पीडित जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताइन्। ‘कानून अनुसार ५ वर्षदेखि ८ वर्ष सम्मको सजाय अनुहार नै कुरुप भएकाहरुलाई छ।के अरु शरिरको कुनै अर्थ नै छैन’, समितिमा जेनीले भनिन्, ‘मेरो त हातभरी छ, घाँटीभरी छ, अनुहार त मेरो बचेको छ त्यो मेरो भाग्यले बचेको हो । जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो ।’उनले क्षतिपूर्ति भन्दा पनि उपचारको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताइन्।एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन्।८ वर्ष सम्म कैद सजाय हुने भएपनि अपराधीले विभिन्न कारणले चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको उनको तर्क थियो। ‘हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ’, मुस्कानले भनिन्, ‘त्यसैले अपराधिलाई जन्म कैद नै हुनुपर्छ ।’एसिड आक्रमणबाट पीडित संगीता मगरले पनि सजाय कम हुँदा प्रतिशोध लिने बढेको बताइन् ।समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिले कानूनलाई समय सापेक्ष परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।त्यस्तै समन्वयका लागि महिला बालबालिका मन्त्रालयलाई निर्देशन गरेको छ। साथै समितिले एसिड सर्वसुलभ उपलब्ध हुने अवस्था भएकाले प्रतिशोधको हतियार बनेको उल्लेख गर्दै कडाई गर्न निर्देशन दिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट