Techie IT
×
गृहपृष्ठग्लोबलअन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको चौथो साधारणसभा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको चौथो साधारणसभा सम्पन्न


एजेन्सी – नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” को चौथो भर्चुअल अधिबेशन झन्डै २५ देशका प्रतिनिधिहरु र विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा १ अगस्त २०२० का दिन उल्लासपूर्वक सम्पन्न भएको छ । संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथीको रुपमा राष्ट्रिय युवा परिषद का उपाध्यक्ष माधव ढुङेल थिए भने अन्य अतिथीहरुमा गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाली रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदान का अध्यक्ष सानूबाबु प्रजापति, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा. लिला राज दाहाल, युएन को फुड प्रोग्राम अन्तरगत बङ्गलादेशमा कार्यरत विषेशज्ञ मञ्जु कर्माचार्य रहेका थिए ।

अधिबेशनले आगामी २ वर्षका लागि अजय सत्याल (अमेरिका) को नेतृत्वमा ५ सदस्य पछी थप गर्नेगरी सर्वसम्मत २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बिनोद भट्टराई (कतार), एभरेष्ट गौतम (बेलायत), प्रशान्त उप्रेती (फ्रान्स), महासचिबमा राहुल रेग्मी (नेपाल), सचिबमा केदार तिमील्सिना (अमेरिका), कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल), सदस्यहरुमा निरन्जन पौडेल (क्यानडा), बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया), राज गौतम (पोर्तुगल), नवराज बस्नेत (युएई), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र बिक्रम हमाल (कुवेत), डा. इन्दिरा तिवारी (साउथ कोरिया), राजेन्द्र प्रसाद कंडेल (नेदरल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), मन्जु प्रधान (बेल्जियम) र अर्जुन बोगटी (भारत) रहेका छन ।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भर्चुअल चौथो साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी ढुङेलले रक्तदानले जीवनदान दिन सक्ने भन्दै सेवा संगै परोपकार र धर्म समेत भएको बताए । उनले संघले गरेको कार्यले सबैलाई उत्प्रेरणा दिने र रक्तदान मार्फत गरेको सेवा अन्य कुनै पनि सेवा भन्दा महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै कुमार पन्तले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै रक्तदाता संघलाई धन्यवाद दिए । उनले गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ संग निरन्तर सहकार्य गर्दै अगाडी बढने बताए ।

सो कार्यक्रमका अतिथीहरु डा. मनिता राज कर्णिकार, सानूबाबु प्रजापति, डा. लिला राज दाहाल, मञ्जु कर्माचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम पश्चात अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले ६ बुदे प्रेस नोट जारी गरेको थियो ।

प्रेस नोट
१. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको चौथो साधारण सभा तथा अधिबेशन भर्चुअल प्रबिधि मार्फत झन्डै २५ देशका प्रतिनिधिहरु र विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा १ अगस्त २०२० (२०७६ श्रावण १७ गते) का दिन उल्लास पूर्वक सम्पन्न भएको छ । संघको चौथो भर्चुअल साधारण सभा / अधिबेशनमा उपस्थित हुनु भएका सम्पूर्ण अतिथिज्युहरु, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ का पदाधिकारी तथा सदस्यज्युहरु, विभिन्न देश बाट उपस्थित हुनु भएका नेपाली रक्तदाता संघ का पदाधिकारी, प्रतिनिधि, प्रबेक्षक तथा सदस्यज्युहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

२. १ अगस्त २०२० (२०७६ श्रावण १७ गते) का दिन उल्लासपूर्वक सम्पन्न भएको अधिबेशनले आगामी २ वर्षका लागि अजय सत्याल (अमेरिका) को नेतृत्वमा ५ सदस्य पछी थप गर्नेगरी सर्वसम्मत २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बिनोद भट्टराई (कतार), एभरेष्ट गौतम (बेलायत), प्रशान्त उप्रेती (फ्रान्स), महासचिबमा राहुल रेग्मी (नेपाल), सचिबमा केदार तिमील्सिना (अमेरिका), कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल), सदस्यहरुमा निरन्जन पौडेल (क्यानडा), बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया), राज गौतम (पोर्तुगल), नवराज बस्नेत (युएई), शिवराम भण्डारी (फ्रान्स), रुपेन हमाल ठकुरी (कुवेत), डा. इन्दिरा तिवारी (साउथ कोरिया), राजेन्द्र प्रसाद कंडेल (नेदरल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), मन्जु प्रधान (बेल्जियम) र अर्जुन बोगटी (भारत) रहेका छन ।

३. हाल बिश्व का २५ देशमा रहेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको निर्वाचित कार्यसमितिले औपचारिक संगठनात्मक संरचना नेपाली रक्तदाता संघ थप १० देशमा विस्तार गरि ब्यबस्थित गर्दै बिश्वब्यापी नेपाली रक्तदान अभियानको पहिचान स्थापित गरिनेछ ।

४. नेपालमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को भगिनि संस्था को रुपमा रहेका नेपाली रक्तदाता संघ मार्फत संचालन हुने रक्तदानजन्य क्रियाकलापहरुमा आर्थिक अभाव हुन नदिन रु. १० लाखको अक्षय कोषको स्थापना गरिएको छ ।

५. विश्वभर बिभिन्न नेपाली संघसंस्था द्वारा आयोजना हुने रक्तदानजन्य क्रियाकलापमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को भगिनि संस्था का रुपमा रहेका नेपाली रक्तदाता संघ मार्फत आपसी सहकार्य, समन्वय गर्दै पूर्ण सहयोग गर्ने र बिश्वब्यापी रुपमा संचालन हुने रक्तदान कार्यक्रम मार्फत रक्तदान गर्नुहुने सबै रक्तदाताहरुको केन्द्रिकृत अभिलेखीकरणको कार्यको शुरुवात गरिनेछ । त्यसको ब्यबस्थित तथ्यांक नेपालमा राखिनेछ ।

६. गैरआवासीय नेपाली संघ संग भइरहेको आपसी सहकार्य लाई निरन्तरता दिदै नेपालीहरु रहेका विश्वका अधिकतम मूलुकमा रक्तदानजन्य क्रियाकलापको बिकाश, विस्तार र ब्यवस्थापनमा बिशेष भूमिका निर्वाह गर्न सम्पूर्ण प्रयास केन्द्रित गरिनेछ । यस का लागि अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ र गैरआवासीय नेपाली संघ बिच समझौता पत्रमा हस्ताक्षर समेत भएको छ । यस का साथै अमेरिकामा बिगत लामो समय देखि यस संस्थाले ब्लड डोनर्स अफ अमेरिका संग सहकार्य गर्दै आइरहको, नेपालमा नेपाली रेडक्रस सोसाईटी केन्द्रिय रक्तसंचार केन्द्र, राष्ट्रिय युवा परिषद, ब्लोदान लगायत अन्य संघ-संस्थाहरु संगको सहकार्यलाई निरन्तरता दिदै संस्थाका सम्पूर्ण गतिबिधिहरु अघि बढाइनेछ ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस