गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिटमा संलग्न पीडक र पीडित दुवै नेपाली भएको खुलासा मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिटमा संलग्न पीडक र पीडित दुवै नेपाली भएको खुलासा एजेन्सी साउन १९, २०७७ गते १९:१७ मा प्रकाशित काठमाडौं – नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थिए ? भन्ने प्रश्नसँगै सो भिडियो भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो ।दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । ‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।दूतावासका अनुसार निजहरुका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिव १० बजे तिर क्वालालम्पूरमा रहेको एम ३ मलमा भएको हो ।उनीहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए । राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । ‘यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरी स्टेशनले गर्नेछ’, दूतावासले भनेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल