गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा २८० यात्रु बोकेको ट्रेन दुर्घटना : २ को मृत्यु, ५० घाइते पोर्चुगलमा २८० यात्रु बोकेको ट्रेन दुर्घटना : २ को मृत्यु, ५० घाइते जीएनएन साउन १६, २०७७ गते २०:१६ मा प्रकाशित लिस्बन – पोर्चुगलको राजधानी लिस्बनबाट आज ब्रागाको लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा दुर्घटना भएको थियो। ट्रेनमा २८० जना यात्रुहरु सवार थिए।घाइतेहरुमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ।लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा ट्रेनको लिक मर्मत गर्ने ड्रेसिनामा ठक्कर दिदा सो दुर्घटना भएको हो। दुर्घटनाका सिकिस्त घाइतेहरुलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि उद्धार गरिएको थियो।घटनास्थलमा ५९ वटा एम्बुलेन्स र १५० जना उद्धारकर्मीहरु तैनाथ गरिएको थियो।आज शुक्रवार दिउसो करिब ३:३० बजेतिर भएको सो दुर्घटना सौरे ट्रेन स्टेशनको करिब ३०० मिटर नजिकै उत्तरमा भएको हो।पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले सो दुर्घटनामा दुःख व्यक्त गरेका छन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल