Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेश ५ मास्क नलगाउने १ हजार बढीमाथि कारबाही

प्रदेश ५ मास्क नलगाउने १ हजार बढीमाथि कारबाही


दाङ – मास्क नलगाइ हिड्नेहरुमाथि कारवाही गर्ने क्रम प्रहरी अगाडी तिव्ररुपमा बढाएको छ । प्रदेश ५ मा मास्क नलगाउँदा १ हजार १९ जना कारबाहीमा परेका छन् ।

विश्वव्यापी कोरोना महामारीबाट बच्नका सतर्कता अपनाउँदै गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउँने ६ सय २१ जना पुरुष तथा ३९८ जना महिला कारबाहीमा परेका हुन् ।

प्रदेश ५ प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार गत असार २३ गतेदेखि यहि साउन ३ गतेसम्म ११ दिनकोअवधिमा उनिहरुलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढी बर्दियाका ६ सय २५ जना रहेका छन् । ३ सय ८६ जना पुरुष तथा २३९ जना महिला मास्क नलगाएका कारण कारबाहीमा परेका हुन् ।

यसैगरी प्यूठाउनमा १८५ पुरुष तथा १३६ महिला गरी ३२१ जना प्रहरी कारबाहीमा परेका छन् । रुपन्देहीमा ६० जना प्रहरी कारबाहीमा परेकामा ९ जना पुरुष तथा ४१ जना पुरुष तथा १९ जना महिला रहेका छन् भने अर्घाखाँचीमा ९ जना पुरुष तथा ४ जना महिला गरी १३ जना प्रहरी कारबाहीमा परेका छन् ।

कोरोना महामारीबाट बच्न कुनै पनि सार्वजनिक ठाउँमा जाँदा तथा घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउँन आग्रह गर्दै प्रहरीले प्रक्राउ गरिएकाहरुलाई सम्झाइ बुझाई गरी छाडेको प्रदेश प्रहरी कार्यालय एसएसपी राज कुमार बैदवार बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस