गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते जीएनएन साउन ३, २०७७ गते १०:२२ मा प्रकाशित धरान – सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको थियो।नेपाल-भारत सीमा नजिकैको मोरम चोकमा तस्कर समूहले अवैध सामान नेपाल भित्र्याउँदै गरेपछि सशस्त्र प्रहरीले बरामत गर्न खोज्नासाथ तस्कर समूहले ढुङ्गामुढा प्रहार गरी हतियार खोस्ने प्रयास गरेकाले बाध्य भएर गोली हान्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए। सशस्त्र प्रहरीको गोली लागि सुनसरी हरिनगरका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।शनिबार बिहानै घटनास्थलमा सयौंको संख्यामा स्थानीय भेला भएका छन्। स्थानीय वासिन्दाले प्रहरीको विरोध गर्न थालेपछि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल घटनास्थल पुगेर स्थिति साम्य पार्ने काम भइरहेका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।बिहीबार रातिपनि हतियार धारी समूहबीच देवानगन्जमा दोहोरो भिडन्त भएको थियो। प्रहरी र हतियार धारीबीच दोहोरो भिडन्त हुँदा दुई हतियारधारी घाइते भएका छन्। दुवैको प्रतिष्ठानमा उपचार भइरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१…जबरजस्ती करणी गरेको अभियोगमा पक्राउएशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोगएचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री