टर्कीबाट २३ जना नेपाली आज शनिवार स्वदेश फर्किए
युरोप – कोरोना भाईरसबाट प्रभावित प्रवासी नेपालीहरुलाई घरफिर्ति अन्तरगत २३ जना नेपालीहरु स्वदेश फर्किएका छन । जुलाई ११ तारिखका दिन यहा रहेका केही सक्रिय नेपालीहरुको अगुवाईमा ५ जना महिला र १८ जना पुरुष यसमध्ये २ जना विरामीहरुलाई लिएर टर्किस् विमानले उडान गरिएको हो ।
६५७ डलर यानिकी ८१००० हजारमा टिकेट किनेर नेपालीहरु स्वदेश फर्किएका हुन । स्वदेश फर्किएकाहरुको कोरोना भाईरस पिसिआर परिक्षणको ब्यवस्था डा. विनोद शाहले मिलाएका थिए भने टर्कीबाट नेपालीहरुलाई उद्दार गर्नका लागि टर्कीस नेपाली समाजका अध्यक्ष उज्वल कुमार घिसिगं , वामन भोटे लगाएका समाजसेबीहरु निरन्तर लागेका थिए ।
टर्किसमा लगभग ७ हजार नेपालीहरु बसोबास गर्छन जसमध्ये ५० प्रतिशत गैरकानुनी रुपमा बसोबास गर्छन भने बाकी नेपालीहरु लिगल भएपनि लकडाउनले गर्दा काम नपाएर भौतारिएको नाम नबताउने सर्तमा एक नेपालीले जानकारी दिए । टर्कीमा अहिले सम्म बैधानिक रुपमा कुनै पनि नेपाली समुदायका समाजिक सघंसस्थाहरु छैनन् ।
कुनै पनि नेपालीहरुलाई केही समास्या पर्यो भने केही सुनुवाई गर्दैन कन्सुलेट नामको मात्रै छ बाकी यहा रहेका नेपालीहरु प्रायः धेरै समस्यामा रहेको राम कार्की नाम परिवर्तनले जानकारी दिनु भयो । उहाका अनुसार आफुहरु पटक पटक नेपाल सरकारको सबै निकायमा यो देशमा रहेको समस्याका बारेमा अवगत गराएपनि कुनै सुनुवाई नगरेको अरोप लगाए ।
कार्कीका अनुसार यहा रहेका नेपालीहरुलाई खान बस्न धेरै समस्या रहेको बताउदै नेपाल सरकारले कि त बैधानिक रुपमै कन्सुलेट वा अन्य कुनै सरकारी निकाय टर्कीमा पठाउनु पर्ने कि त यहा आउने नेपालीहरुलाई बन्द गर्नु पर्ने माग गरे ।
क्याटेगोरी : समाचार, यूरोप
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस