गृहपृष्ठ ∕ समाचार ∕ आज ११ अन्तर्राष्ट्रिय उडानमार्फत फर्किए १ हजारभन्दा बढी नेपाली आज ११ अन्तर्राष्ट्रिय उडानमार्फत फर्किए १ हजारभन्दा बढी नेपाली दीप संञ्चार असार २३, २०७७ गते २१:११ मा प्रकाशित काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ । सोही एयरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । जजिरा एयरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौँ ल्याएको छ । कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए । आज आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ ।नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल