गृहपृष्ठ ∕ समाचार ∕ जिल्ला प्रशासन कार्यालय दाङले दियो भारतीय नागरिकलाई वंशजको नागरिकता जिल्ला प्रशासन कार्यालय दाङले दियो भारतीय नागरिकलाई वंशजको नागरिकता दीप संञ्चार असार १४, २०७७ गते २१:५६ मा प्रकाशित दाङ – गलत विवरण पेश गरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको वर्षपछि रहस्य खुलेको हो ।नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भएका २५ वर्षीय विशाल गुप्ता पटवाल अहिले पूर्पक्षको लागी कारागार चलान भएका छन् । ०७७ जेठ १३ गते उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।असार ८ गते गुप्तालाई जिल्ला अदालतले पूर्पक्षको लागी कारागार चलाउन गरेको छ । भारतीय नागरिक गुप्ताले मितबहादुर दमाइको नामबाट ०७५ मंसिर २५ गते ५२–०१–०७५–०४०५२ वंशजको नागरिकता प्राप्त गरेका थिए । उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदा निवासी हिरालाल दमाइको छोरा बनेर नागरिकता लिएको पाईएको छ । गुप्ताबाट भारतीय विशिष्ट पहचान प्राधिकणले जारी गरेको कार्ड समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।दमाइका जेठा छोरा हिरालाल भारतमा काम गर्न गएका छन् । तर, हिरालालले गुप्तालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएका थिए । प्रहरीले हिरालाल दमाई सहित घोराही उपमहानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष माधव चौधरी, वडासचिव पद्मप्रसाद रेग्मी, कर्मचारी त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध मुद्दा गरेको छ । नागरिकता लिने विशाल गुप्ता बाहेक अन्य पाँचै जना फरारको सूचीमा छन् । आरोपित विशालले आफु भारतीय नागरिक भएको र गलत विवरण पेश गरेर नागरिकता लिएको प्रहरी समक्ष वयान दिएका छन् ।घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसको आधारमा नागरिकता प्राप्त गरेका थिए । बंगलाचुली गाउँपालिका वडा नं. ३ बाट बसाईसराईको विवरण पेश गरेर सिफारिस बनाएका थिए । घोराहीमा मजदुरी गर्दै आएका बिशालले चार वर्षअघि सम्झना नेपालीसँग विहे गरेका थिए ।बिहेपछि एउटा बच्चा जन्मियो । अननि बच्चाको जन्मदर्ता गराउन र आफ्नो विहे दर्ता गराउन खोज्दा नभएपछी सम्झनाले मित मामा नाता पर्ने हिरालाल नेपालीलाई जसरी पनि नागरिकता बनाइदिन अनुरोध गरिन् । अनी हिरालालले आफ्नो छोरा बनाएर नागरिकता दिलाइदिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल