गृहपृष्ठ ∕ समाचार ∕ बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु दीप संञ्चार असार १२, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्षति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृत्युवरण गरेका मृतकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख प्रकट गरेका छन् ।बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन् ।मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ । हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने खतरा रहेको चेतावनी दिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल