गृहपृष्ठ ∕ समाचार ∕ बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु दीप संञ्चार असार १२, २०७७ गते ८:५९ मा प्रकाशित एजेन्सी – भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ ।त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्षति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृत्युवरण गरेका मृतकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख प्रकट गरेका छन् ।बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन् ।मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ । हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने खतरा रहेको चेतावनी दिएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट