गृहपृष्ठ ∕ समाचार ∕ रसुवागढी नाका सञ्चालनको तयारी; चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने रसुवागढी नाका सञ्चालनको तयारी; चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने दीप संञ्चार असार १२, २०७७ गते ८:४७ मा प्रकाशित काठमाडौं – कोभिड –१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।नेपाल र चीन दुई देशका अधिकारीबीच बुधबार अपराह्न रसुवागढीस्थित मितेरी पुलमा सम्पन्न वार्तामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापनबाट कारोवार अगाडि बढाउने सहमति भएको हो ।दुवै देशका नागरिक आवतजावतमा भने यथावत् रोक लगाई अब चिनियाँ सवारी साधनले नै मितेरी पुलसम्म मालसामान उपलब्ध गराउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।चीनबाट आयात गरिने मालवस्तु दैनिक रूपमा १५ कन्टेनरसम्म रसुवागढीको मितेरीपुलमा ल्याइने छ । नेपाली कन्टेरमा सामान लाद्न कोभिड –१९ नियन्त्रण नीतिको मापदण्ड पूरा गरेका कामदार मात्र पठाउन चिनियाँ अधिकारीले आग्रह गरेको बताइएको छ ।एकदिनमा १५–१५ कामदार, चालक र कन्टेनर मात्र मितेरी पुलको सीमामा पठाउन ती अधिकारीले आग्रह गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।केरूङबाट नेपाली कन्टेनरले सामग्री ल्याउने गरेकामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण बढेसँंगै गत माघ १५ गतेदेखि बन्द भएको थियो । कोरोना नियन्त्रण नभएसम्म नेपाली ट्रक तथा कन्टेनर केरूङ जान नपाउने जनाइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल