सरकारी र निजी क्षेत्रका कार्यालय असार १ गतेबाट नियमित सञ्चालनमा आउने
काठमाडौँ – सरकारले बिहीबारबाट नै लागू हुने गरी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरेको छ । परिवर्तित मोडालिटी अनुसार पसल तथा डिपार्टमेण्टल स्टोरहरु, सेवा प्रदायक कार्यालयहरु आदि खोल्न दिने तथा पैदलयात्रुलाई आवतजावत गर्न दिने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी सरकारले सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्थाहरु, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरु भने असार १ गतेबाट मात्रै खुल्ने जानकारी दिएको छ ।
तर, पनि कार्यालय सञ्चालनका लागि कर्मचारी ओसारपसार गर्न प्रयोग हुने निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्नुपर्ने र सिटको एक लहरमा मात्रै बस्नुपर्ने नियम बनाइएको छ । सवारीसाधनमा बस्दा पनि मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीसाधन प्रत्येक दिन निसंक्रमित गर्नुपर्नेछ ।
त्यसैगरी बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा पनि असार १ गतेदेखि नियमित सञ्चालनमा जानुपर्ने छ । उनीहरुले पनि बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी दुई सिफ्टमा सञ्चालन गर्नुपर्नेछ ।
अन्य सेवाहरु भने तत्कालै सञ्चालनमा आउने तर दुई मिटरको सामाजिक दुरी र सुरक्षाका उपायहरु अपनाउनु पर्ने कुरा उल्लेख गरिएको छ ।
यी हुन् तत्काल सञ्चालन गर्न नपाइने सेवाहरु :
सरकारले केही क्षेत्रहरु तत्कालै नखोल्ने निर्णयसमेत गरेको छ । कोभिड १९ को जोखिमलाई कम गर्न भन्दै सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्मका लागि नखोल्ने निर्णय गरेको छ । त्यसैगरी अनुमति प्राप्त नभएका (चार्टर फ्लाइटबाहेक) आन्तरिक र बाह्य सबै हवाई उडानलाई थप १५ दिन स्थगित गरिएको छ ।
त्यसैगरी सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शनी र भेला थप १५ दिनका लागि बन्द गरिएको छ । त्यस्तै पार्टी प्यालेस, सिनेमा हल, डान्सबार लगायतका मनोरञ्जनका स्थानहरु पनि आगामी १५ दिनसम्मका लागि बन्द नै रहनेछन् । लाइब्रेरी, संग्राहलय, चिडियाखाना पनि तत्काल खोल्न पाइनेछैन भने स्पा, सैलुन तथा ब्युटी पार्लरहरु पनि अर्को सूचना जारी नभएसम्मका खोल्न निषेध गरिएको छ ।
स्वीमिङ पुल, जिमखाना, हेल्थ क्लब, सपिङ मलआदि पनि बन्द नै रहनेछन् ।
समूहमा खेलिने खेलकुद, खेलमैदानमा हुने प्रस्तुती, धार्मिक तथा सामाजिक स्थलहरु पनि बन्द नै रहनेछन् ।
त्यसैगरी सार्वजनिक सवारीसाधनहरु (कालो प्लेट) पनि बन्द रहनेछन् । निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा मात्रै सञ्चालन हुने भएकाले तोकिएभन्दा फरक पर्ने गरी ती सवारीसाधनहरु चलाउन निषेध गरिएको छ ।
मोटरसाइकललाई जोर विजोर प्रणाली लागू नहुने, चालक मात्रै बस्न पाउने
बिहीबारदेखि नै लागू हुने गरी मोटरसाइकल पनि सञ्चालन गर्न दिने निर्णय भएको छ । यद्यपि मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइनेछ । तर मोटरसाइकललाई जोर बिजोर प्रणाली भने लागू नहुने सञ्चारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका प्रेस संयोजक यमन पौडेलले बताए ।
मोटरसाइकलहरु उपत्यकामा भए उपत्यकाभित्र र उपत्यका बाहिर भए सम्बन्धित जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस