Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै

पोर्चुगलमा कोरोनाभाइरस : संक्रमित बढे, नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै


लिस्बन – पोर्चुगलमा कोरोना रोकथामको लागि सरकारद्वारा लगाईएको संकटकाल २ मे’मा हटेपछि जनजीवन सामान्य बनाउन चरणबद्ध रुपममा लकडाउन खुकुलो पार्दै लगियो।

संकटकालको अन्त्य र लकडाउन खुलुको भएसंगै शुरुवातीका दिनमा नयाँ संक्रमतिहरु र मृतकहरुको संख्या घटेतापनि पछिल्लो चरणमा नयाँ संक्रमितहरुको संख्यामा ह्वात्तै वृद्धि भएको छ। अघिल्लो सातासम्म नयाँ संक्रमितहरुको ७० प्रतिशत बिरामी लिस्बनमा थिए भने यो साता नयाँ संक्रमितहरुको ९२ प्रतिशत बिरामी राजधानी लिस्बनमा मात्रै रहेका छन्।

पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा ३५ हजार ६०० जना कोरोना संक्रमित रहेका छन्। कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार ४९७ पुगेको छ। उपचार पश्चात निको हुनेको संख्या २१ हजार ७४२ रहेको छ। यो संख्या अघिल्लो दिनको तुलनामा ४०३ ले बढी हो। अघिल्लो दिन मात्रै कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएका छन्। जसमध्ये ४ जनाको मृत्यु लिस्बनमा मात्रै भएको छ।

त्यस्तै सोहि समयमा २९४ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। नयाँ संक्रमितहरुमध्ये ९२ प्रतिशत बिरामी लिस्बनमा मात्रै रहेका छन्। कोरोनाका लक्षणहरु देखापरेका थप १ हजार ७२४ को स्वास्थ्य परिक्षण भईसकेको र नतिजाको पर्खाइमा रहेका छन्। संक्रमितहरुमध्ये ४१७ जनाको अस्पतालमा उपचार भईरहेको छ, जसमध्ये ७० जना सघन कक्षमा उपचारत छन्। जिएनन


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस