महन्थ ठाकुरसँग विवाद, बाबुराम झरे नयाँ पार्टीको चौथो बरियतामा
काठमाडौं – तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले वरियता विवादको किचलोका बजुद् निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।
पार्टी दर्ताको निवेदन दिन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए। पार्टी दर्ताका लागि सूचना दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ताको निवेदन दिनुपर्ने बाध्यता थियो।
जनता समाजवादी पार्टीका नेता शिवजी यादवले दुई अध्यक्ष र तीन जना बरिष्ठ नेता रहने गरी पार्टी दर्ताको निवेदन दिएको जानकारी दिए। सुरूमा पार्टीमा एक जना संघीय परिषद् अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष हुने छलफल भएको थियो।
त्यसो हुँदा समाजवादी पार्टीमा पनि संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नयाँ पार्टीको पनि संघीय परिषद अध्यक्ष हुने थिए। समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि निर्वाचन आयोग परिसरमा संघीय परिषद् अध्यक्ष बरियतामा पहिलो नम्बरमा रहने प्रतिक्रिया दिएका थिए।
तर पछि सार्वजनिक भएका कागजातमा बाबुराम पहिलो होइन चौथौं नम्बरमा रहेका छन्। राजपा नेता महन्थ ठाकुरले बाबुरामलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि बाबुराम रिसाएका हुन्।
निर्वाचन आयोगमा दर्ता भएको कागजातमा सुरूमा उनको नाम ठाकुरभन्दा पछि दोस्रो नम्बरमा राखिएको थियो।
‘तर उहाँले नै म दुई नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस् भनेपछि टिपेक्स लगाएर उहाँको नाम मेटिएको हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने।
अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ।
जसपामा१ सय ५१ राजनीतिक समिति, ७०१ जनाको केन्द्रीय कमिटी हुने भएको छ भने पार्टी दुई अध्यक्षको सामूहिक निर्णयका आधारमा चल्ने नेता यादवले बताए।
स्रोतका अनुसार अहिले पार्टी दर्ता भए पनि पछि संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई हुने र संसदीय दलको नेता राजेन्द्र महतो हुने आन्तरिक सहमति भएको छ।
गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन।नयाँ दल दर्ता गर्न आयोगमा सूचना दिएको आजै ४५ दिन पुगेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस