गृहपृष्ठ ∕ समाचार ∕ आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार आर्थिक क्रियाकलाप सुचारु गर्ने तयारीमा सरकार दीप संञ्चार जेठ २४, २०७७ गते २१:०५ मा प्रकाशित काठमाडौं : शनिबार बसेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा सरकारले लकडाउनकै बीचमा आर्थिक गतिविधिलाई सुचारु सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल गरेको छ।प्रधानमन्त्री कार्यालय सचिव नारायण विडारीले जानकारी दिए अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकमा आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय र अत्यावश्यक सेवाका क्षेत्रमा सहजता दिलाउँदै जाने विषयमा छलफल भएको हो ।लकडाउन लम्बिदै जाँदा आर्थिक क्रियाकलापसमेत ठप्प भएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने तयारी अनुसार चरणवद्ध रुपमा आर्थिक क्रियाकलाप सञ्चालनका लागि सरकारले सहजिकरण गर्नेगरी छलफल अगाडि बढाएको सचिव विडारीको भनाइ छ। तर आर्थिक क्रियाकलाप सञ्चालन गर्ने विषयमा तयार भएको मस्यौदामा छलफल भए पनि निर्णय भइनसकेको सचिव विडारीको भनाइ छ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म गर्ने सरकारको निर्णयप्रति केही व्यवसायी आक्रोशित बनेर उद्योग खोल्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी स्वरुप छलफल थालेको हो। प्रधानमन्त्री केपी ओलीले अघिल्लो मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटिबारे स्पष्ट खाका ल्याउन उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेललाई निर्देशन दिएका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट