गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा मन्त्रालयको निर्णय गर्यो स्वास्थ्य संकटकाल गर्ने घोषणा दीप संञ्चार जेठ २२, २०७७ गते १७:५४ मा प्रकाशित काठमाडौं – नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।मन्त्रालयले यसअघि बनाएको स्वास्थ्य आपतकालीन कारबाही योजना अनुसार दुई हजार एक्टिभ संक्रमित भएको अवस्थामा ‘जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सक्ने व्यवस्था’ रहेको भन्दै सो निर्णय भएको जनाएको छ।प्रवक्ता देवकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत हुनसाथ संकटकाल जारी हुने साथै यसका लागि स्वास्थ्य मन्त्रालयले एक जना अधिकारी तोक्नुपर्ने भन्दै उनले त्यसको लागि स्वास्थ्य सचिवलाई प्रस्ताव गर्न अनुरोध गरेको जनाए।सरकारले यसअघि बनाएको कार्यविधि अनुसार दुई हजार देखि पाँच हजार संक्रमित नपुग्दासम्म लक्षणविहीन संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने भनेको छ। अब कोरोनाको उपचार कार्यविधि अनुसार नै गर्ने मन्त्रालयको तयारी छ।भिडियो हेर्नुहोस :क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल