गृहपृष्ठ ∕ समाचार ∕ साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? साइकलमैत्री शहर बन्दै लिस्बन : साइकल मोबिलिटी प्रोजेक्टमा मात्रै ३० लाख युरो खर्च गरिदै, सरकारी अनुदानमा किन्ने होइन त साइकल ? गणेश पाण्डे जेठ २२, २०७७ गते १९:४९ मा प्रकाशित लिस्बन – पोर्चुगल सरकारले लिस्बन महानगरपालिकासंग सहकार्य गर्दै लिस्बनलाई साइकलमैत्री शहरको रुपमा निर्माण गर्दैछ। सरकारले लिस्बनमा साइकल किन्न चाहनेहरुका लागि ३० लाख युरोको कोषको निर्माण गरेको छ।वातावरणमैत्री परियोजनाका लागि यो रकम अहिलेसम्मकै सबैभन्दा ठुलो रकम हो। साइकल किन्न चाहनेहरुले सरकारले तोकेको पसलबाट मात्रै किन्न सक्नेछन् । लिस्बन महानगरपालिकाले ल्याएको यो प्रोजेक्टमा शहरभित्र अझै बढी साइकललेनको निर्माण पनि गरिनेछ र साइकल पार्किङ गर्ने स्थानहरु र क्षमता पनि बढाईनेछ।कार कल्चरलाई निरुत्साहित गर्दै साइकल कल्चरलाई प्रोत्साहन र वातावरणमैत्री गतिशिलतालाई थप सहयोग गर्न महानगरपालिकाले यो प्रोजेक्ट ल्याएको हो। ” मोबिलिटी फण्ड ” नाम दिईएको यो प्रोजेक्टमा १.५ मिलियन युरो सामान्य साइकल खरिद गर्न खर्च गरिनेछ भने बाँकी १. ५ मिलियन युरो इलेक्ट्रिक र कार्गो साइकल खरिद गर्न खर्च गरिनेछ। ” मोबिलिटी फण्ड “मा खर्च गरिने यो रकम पोर्चुगलको वातावरण मन्त्रालयले कम उत्सर्जन सवारी साधनहरुलाई बढावा दिन गरिएको खर्चको १० गुणाले बढी हो।परम्परागत साइकल खरिदमा प्रतिव्यक्ति १०० युरो प्रदान गरिने र यो सुबिधा बिद्यार्थीहरुका लागि मात्रै दिईने मोबिलिटी प्रोजेक्टका काउन्सिलर मिगेल गास्परले बताएका छन्। यो प्रोजेक्टमा १५ हजार साइकल खरिदमा सहयोग गर्न सकिनेछ। इलेक्ट्रिक साइकल महँगो हुने भएकोले प्रतिव्यक्ति साइकलको आधा मुल्य वा बढीमा ३५० युरो प्रदान गरिनेछ। यो प्रोजेक्टमा स्थानीय बासिन्दा र कामदारहरु लाभ लिन सक्नेछन् ।महानगरपालिकाले मोबिलिटी प्रोजेक्टका लागि लामो समयदेखि शहरमा साइकल व्यवसाय गर्दै आईरहेका व्यवसायीहरुसंग साझेदारी गर्ने भएको छ, जसले उनीहरुको व्यवसायमा समेत टेवा पुग्ने बिश्वास गरिएको छ। महानगरपालिकाले मोबिलिटी प्रोजेक्टलाई थप दिगो बनाउन तिन हजार साइकल स्ट्याण्डको निर्माण गरिने बताएको छ।यस्ता साइकल स्ट्याण्डहरु अब सार्वजनिक स्थल, सार्वजनिक सडकका साथै अण्डर ग्राउण्ड कार पार्कहरुमा समेत निर्माण गरिने लिस्बन महानगरपालिकले जनाएको छ। – जिएनएनभिडियो हेर्नुहोस : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइतेकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने पाँचदिने भ्रमणमा नेपाल आउँदै एमसीसी प्रमुख अल्ब्राइट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी