गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि दाङ्गमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १६:०२ मा प्रकाशित दाङ्ग – दाङ्गमा आज पाँचजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । दुई जना महिला र तिन जना पुरुष रहेको राप्ति बिज्ञान प्रतिष्ठानले जारि गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।कोरोना संक्रमित हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित साधारण माध्यमिक बिद्यालय सालभौरी क्वारेनटाईनमा रहेका राजपुर गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महिला, वडा नम्बर १ का १९ वर्षीय पुरुष र वडा नम्बर १ कै २७ वर्षीय महिला रहेका छन् । त्यस्तै दाङ्गको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय पुरुष र वडा नम्बर ५ का २२ वर्षीय पुरुष रहेका छन् ।यो संगै दाङ्गमा कोरोना संक्रमण हुनेको संख्या ५५ पुगेको छ । त्यस्तै प्युठान मान्डबी गाउँपालिका वडा नम्बर १ २३ वर्षीय पुरुष र सोहि गाउँ पालिका वडा नम्बर २ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ६ का २९ वर्षीय एक जना व्यक्ति रहेका छन् ।आज कोरोना संक्रमण पुष्टि भएकाहरुको दाङ्ग को घोराही स्थित राप्ति बिज्ञान प्रतिष्ठानमा पिसिआर परिस्खन गरिएको थियो । प्युठानका संक्रमण पुष्टि भएका दुई जनालाई सोहि गाउँपालिकाको आइसोलेसनमा व्यवस्थापन गरिने तयारि भैरहेको छ । संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल