Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचाँगुनारायणकी गर्भवतीमा कोरोना संक्रमण

चाँगुनारायणकी गर्भवतीमा कोरोना संक्रमण


 काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिकाकी कोराना भाइरस (कोभिड–१९) संक्रमित गर्भवती रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा चाँगुनारायण नगरपालिकाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।
संक्रमित महिला वडा नं ३ की स्थायी बासिन्दा रहेको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष वडाध्यक्ष श्यामसुन्दर धिमालका अनुसार उनी नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज आउजाउ गर्ने गर्थिन् । पछिल्लो पटक वैशाख २२, जेठ ५, ६ र १६ गते अस्पताल गएकी थिइन् ।

चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको थियो ।

उनको कुनै ट्राभल हिस्ट्री छैन । त्यसैले अस्पताल आउजाउ गर्ने क्रममा कोरोना संक्रमण भएको हुनसक्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस