संविधान संशोधन विधेयकको सूचना राजपत्रमा
काठमाडौं – सरकारले नयाँ नक्सासहितको निशान छाप उल्लेख गरेर संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेलगत्तै आइतबार नै राजपत्रमा पनि सूचना प्रकासित गरेको छ ।
नेपालको संविधान २०७२ को धारा २७४ को उपधारा ३ बमोजिम संविधान संशोधन विधेयकबारे आमनागरिकलाई जानकारी दिन सरकारले राजपत्रमा प्रकासित गरेको हो ।
उपधारा ३ मा संसदमा पेश भएको संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
नेपालको नयाँ नक्सासहितको निशान छाप भएको अनुसूचीमात्र संशोधन गर्न लागिएको र यसलाई बिनाकुनै विलम्ब संसदबाट पारित गर्न लागिएकाले तत्कालै राजपत्रमा सूचना निकालिएको हो ।
सत्तारुढ दलबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो संशोधनमा पक्षमा एकमतले उभिने निर्णय गरिसकेको छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
सरकारले सर्वसम्मतले संविधान संशोधन प्रस्ताव पारित हुने अपेक्षा गरे पनि पूर्वमधेशवादी दलका केही नेताहरूले खुलेरै यसको विरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस