Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसिद्ध कुमाख गा.पा.ले गर्‍यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा

सिद्ध कुमाख गा.पा.ले गर्‍यो कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना बीमा

कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ । 


सल्यान – सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफु मातहतका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोना विमा गरेको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबै गरी गाउँपालिका भित्र रहेका १ सय ४ जनाको बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।

विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु. १ लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सुरेन्स  लि., सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए ।

corona policy

प्रति व्यक्ति एक लाखका दरले एक करोड चार लाखको विमा गरिएको दाहालको भनाई छ । तीन महिनादेखि जेष्ठ नागरिकसम्मले कोरोना विमा गर्न सक्ने उनको भनाई छ ।

तीन महिनादेखि  ९९ बर्ष सम्मका जेष्ठ नागरिकले  गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने एक बर्ष वर्षको हुनेछ ।

दाहालले नेपाल कोरोनाको उच्च जोखिम क्षेत्रमा परेको हुँदा सबै नेपालीले समयमै बीमा गरी आफु सुरक्षित रहन समेत आग्रह गरेका छन ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Insurance



तपाईको प्रतिक्रिया दिनुहोस