गृहपृष्ठ ∕ समाचार ∕ डोटीमा युवतीको गोली हानी हत्या डोटीमा युवतीको गोली हानी हत्या दीप संञ्चार चैत्र २४, २०७६ गते १५:३७ मा प्रकाशित डोटी, डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इन्चार्ज थापाले बताए ।खड्कले भने आफूले गोली नहानेको बयान दिएको इन्चार्ज थापाले बताए । उनले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी बन्दुक पड्किएको आवाज आएको र त्यसपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बयान दिएका छन् ।घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ । घरमा दुईजना मात्रै भएको समयमा घटना भएकोले श्रीमानले हत्या गरेको हुन प्रहरीको आशंका छ । घरमा राखिएको भरुवा बन्दुकसमेत अवैध रहेको प्रहरीको भनाइ छ ।यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, एसपी दिलीपसिंह देउवाले पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटना कसरी भयो, कसले गर्यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए।डडेलधुराको भागेश्वर गाउँपालिका-५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको प्रेम सम्बन्धपछि गत फागुन २९ गते विवाह भएको थियो ।स्रोत- अनलाईन खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै