गृहपृष्ठ ∕ समाचार ∕ डोटीमा युवतीको गोली हानी हत्या डोटीमा युवतीको गोली हानी हत्या दीप संञ्चार चैत्र २४, २०७६ गते १५:३७ मा प्रकाशित डोटी, डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इन्चार्ज थापाले बताए ।खड्कले भने आफूले गोली नहानेको बयान दिएको इन्चार्ज थापाले बताए । उनले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी बन्दुक पड्किएको आवाज आएको र त्यसपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बयान दिएका छन् ।घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ । घरमा दुईजना मात्रै भएको समयमा घटना भएकोले श्रीमानले हत्या गरेको हुन प्रहरीको आशंका छ । घरमा राखिएको भरुवा बन्दुकसमेत अवैध रहेको प्रहरीको भनाइ छ ।यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, एसपी दिलीपसिंह देउवाले पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटना कसरी भयो, कसले गर्यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए।डडेलधुराको भागेश्वर गाउँपालिका-५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको प्रेम सम्बन्धपछि गत फागुन २९ गते विवाह भएको थियो ।स्रोत- अनलाईन खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल