गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने प्रिया स्मृती गजमेर फागुन १८, २०७६ गते १६:०० मा प्रकाशित दाङ्ग, कुनै समय नेपाली राजनीतिमा प्रभाब जमाएका नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खड्काको सम्झनामा शालिक राखिने भएको छ ।उक्त शालिक शिलान्यास गर्न कांग्रेस केन्द्रिय महामन्त्री तथा पूर्व गृहमंत्री पुर्ण बहादुर खड्का भोलि सोमवार दाङ्गको अमिलिया आउन लागेका छन् ।लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया चोकमा स्वर्गीय नेता खड्काको शालिक राखिन लागेको नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले जानकारी दिए । यस अघि नेता खड्काको शालिक कहाँ राख्ने भन्ने बारेमा नेपाली कांग्रेस दाङ्ग भित्र गहिरो छलफल भएको थियो ।उक्त छलफलबाट सबै भन्दा उत्तम स्थान दाङ्ग देउखुरीको अमिलिया चोक हुने भन्दै निर्णय गरेको थियो । सोहि निर्णय अनुशार अमिलिया चोकमा शालिक राख्न लागिएको हो ।भोलि सोमवार बिहान पूर्व गृहमंत्री खड्काद्धारा स्वर्गीय नेता खड्काको शालिक शिलान्यास कार्यक्रम भएकोले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ तथा नेपाली कांग्रेसको बिभिन्न भातृ सस्था एबम सुभेच्छुकहरुलाई सहभागी भैदिन नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले आग्रह गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल