गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने प्रिया स्मृती गजमेर फागुन ५, २०७६ गते १७:२२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धार्मिक बिकास क्षेत्र जाने बाटोमा पर्ने खाल्डा खुल्डी पुर्ने कार्य र सरसफाई गरिएको छ ।शिवशक्ति बाख्रा सामुदायिक बन उपभोक्ता समुहका बन हेरालु गिर बहादुर पुरीको नेतृत्वमा उच्चानिम्बुका ३० जना उपभोक्ताहरुको सहयोगमा बाटो सरसफाइ गरिएको हो । पुर्बपश्चिम राजमार्ग देखि करिब चार किलो मिटर उत्तर तर्फ खोलाको तिरमा यो गुफा रहेको छ ।खासगरी त्यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । त्यस्तै सम्बन्धित निकायको पनि त्यो क्षेत्रमा ध्यान नजानुले विकास हुन नसकेको स्थानिय देवा नेपालीले बताईन । यहि बर्ष मात्र लमही नगरपालिकाले त्यस क्षेत्रको बिकासका लागि डेढ लाख र वडा नं ८ ले २९ हजार रुपैया छुट्टाएको छ ।त्यस्तै गुफाको वरिपरी तटबन्धन गर्नका लागि देउखुरी डिभिजन बन कार्यालय लमहीले दुई लाख दिएको छ । अहिले त्यो दुई लाखबाट त्यहाँ तटबन्धनको काम भैरहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर यहि फागुन ९ गते टेङ्नैया बाबा धार्मिक बिकास समितिले सांस्कृतिक मेलाको आयोजना गर्न लागेको संस्थाका सचिव यादब नाथ योगीले बताए ।उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने सचिव योगीको भनाई छ । टेङ्नैया बाबा गुफालाई जब सम्म सडक संजालसंग जोड्न सकिदैन तब सम्म त्यहांको बिकास हुन् सक्दैन वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले भने ।यो आर्थिक बर्षमा हामीले सानो आकारको बजेट छुट्टाएका छौ र अर्को बर्ष फेरी छुट्टाउने छौ लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।नगरपालिका भित्रका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण गर्दै देश बिदेशमा चिनाउने र बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको छ प्रमुख केसीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने