गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी प्रिया स्मृती गजमेर माघ २६, २०७६ गते १३:३३ मा प्रकाशित दाङ्ग, दाङ्गको देउखुरीका सामुदायिक बन र रास्ट्रिय बनबाट काठ तस्करी बढ्दै गएको छ । बन कार्यालयले अनुगमन र गस्ती कार्यलाई निरन्तरता दिए पनि चोरी निकासीमा कमि आउन सकेको छैन ।केहि दिन अघि मात्र देउखुरीको राजपुर गाउपालिका वडा नम्बर १ को माररीखोला स्थित बुकी डाडा सामुदायिक बनभित्र बेवारिशे अवस्थामा साल जातको ३ सय ५५ क्युफिट काठ प्रहरीले बरामद गरेर सब डिभिजन बन कार्यालय गढ़वालाई जिम्मा लगाएको छ ।तस्करहरुले सामुदायिक बनका पदाधिकारी र बन कर्मचारीकै मिलेमतोमा चोरीनिकासी हुने गरेको सम्बन्धित सामुदायिक बनका उपभोक्ताहरुको गुनासो छ । डिभिजन बन कार्यालय देउखुरीले आफ्नो मातहतमा देउखुरी क्षेत्रमा आठवटा सब डिभिजन बन कार्यालय स्थापना गरेको छ ।दिनभर जंगलमा बसि काठ काटेर संकलन गर्ने र राति निकासी हुने गरेको पाईएको छ । काठ काट्न र ओसार पसार कार्यमा सामान्य मान्छेलाई प्रयोग गरेर पहुँच वाला व्यक्तिले काठ निकासा हुने गरेको छ ।चोरीनिकासीमा संलग्न भएकालाई बिगो जरिवाना सहित कारबाही चलाएका छौ, काठको परिमाण हेरेर बन ऐन अन्तर्गत हदै सम्मको कारबाही पनि गरेकै छौ, डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रविन बिडारीले बताए ।हाम्रो तर्फबाट निरन्तर अनुगमन र गस्ती गरेका छौ प्रमुख बिडारीले भने । यतिमात्र नभएर सामुदायिक बन क्षेत्रबाट धमाधम ढुंगा उत्खनन समेत भैरहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट