गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण – मंत्री पौडेल समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण – मंत्री पौडेल प्रिया स्मृती गजमेर पुस ११, २०७६ गते १७:२१ मा प्रकाशित दाङ्ग, प्रदेश नं. ५ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै मन्त्री पौडेलले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताएकी हुन् । शुक्रवार लमही नगरपालिका वडा न ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्नका लागि सहकारी आवश्यक रहेको बताएकी छन् ।त्यस्तै कार्यक्रममा प्रदेश मामिला तथा कनुन समिति सभापति दामा शर्मा, प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, विमला वली, धमकली चौधरीले देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने भन्दै, प्रदेश सरकारले सहकारी विकास कोषको स्थापना गरेको र सरकारले सहकारी मार्फत उद्योग संचालन गर्ने योजना बनाएको बताएका छन् ।कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाको अध्यक्षता एवं प्रदेश नं. ५ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री अरति पौडेलको प्रमुख अथितिमा सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी लगायतले बोलेका थिए ।कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव सिला चौधरी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना पौडेल र लेखा परिक्षण प्रतिवेदन व्यवस्थापक जानकी चौधरीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण गंगा घर्तीले गरेकी थिइन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट