गृहपृष्ठ ∕ समाचार ∕ महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा महिलामाथि डोजर चलाउने ड्राइभर पुर्पक्षका लागि थुनामा दीप संञ्चार मंसीर १, २०७६ गते २०:०७ मा प्रकाशित बैतडी – बैतडीको दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा विरोध गरिरहेका महिलामाथि डोजर चलाउने ड्राइभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले आइतबार डोजर ड्राइभर किशोर बोहरालाई थुनामा पठाउन आदेश दिएको हो।बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीसँग ५०/५० हजार रुपैयाँ धरौटी मागिएको छ। तीनै जना धरौटी बुझाएर रिहा भएका छन्।भएको के थियो ?कात्तिक ४ गते शरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेका थिए। मानिसहरू डोजरका अगाडि कराएका थिए।विवाद चलिरहेकै बेला सडक खनिरहेको डोजरले एक महिलालाई ठक्कर दिएर कान्लामुनि हुत्याइदिन्छ। स्थानीय गौरी जोशी घाइते भइन्।सडक खन्ने क्रममा भएको यो अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा विरोध भएको थियो। घटनाको भिडिओ भाइरल भएपछि स्थानीय प्रशासनले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल