गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको ट्राफिक कार्यक्रम लमही जेसिसको ट्राफिक कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २९, २०७६ गते १७:३१ मा प्रकाशित दाङ्ग, लमही जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गतको अन्तिम दिन आज शुक्रबार लमहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सवारी दुर्घटना दिनहु जसो भैरहने हुंदा सवारी चालकहरुको लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको लमही जेसिजका अध्यक्ष शिब शंकर गुप्ताले बताए ।दिनहुं जसो हुने दुर्घटनाले समाजमा नकारात्मक असर पुगेकोले अब हामी पनि आफै सचेत बन्नु पर्छ भन्ने संदेश दिएका छौ अध्यक्ष गुप्ताले भने ।लमहीमा रहेको जेसिजले हरेक बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको छ । आज शुक्रवार लमही जेसिजले आयोजना गरेको ट्राफिक कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दले प्रशिक्षण दिएका छन् ।लमही जेसिसका अध्यक्ष शिब शँकर गुप्ताको अध्यक्षता एबम् अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिसका सचिब, देउखुरी मोबाईल संघका अध्यक्ष, सफल ब्यबसायी तथा देउखुरी पब्लिक बोर्डिंग स्कुलका लगानी कर्ता भिम भुषाल, उपाध्यक्ष सपना पाण्डे, उमाकान्त चौधरी, हरी बहादुर कुँवर, बिमल नेपाली लगायतले मन्तब्य राखेका थिए ।जेसी किसन भट्टराईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जेसी फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल