गृहपृष्ठ ∕ समाचार ∕ एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप दीप संञ्चार असोज १३, २०८२ गते १६:२५ मा प्रकाशित काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा रहेको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिलाई पूर्णता दिइएको छ । गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनको हलबाटै बाहिर रहेकाहरूलाई समेत समेट्ने उद्देश्यले शर्माको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिमा चार जना सदस्य थप गरिएको हो ।समितिको सदस्यमा जानकी गुरुङ (बेल्जियम), सुनील साह (अमेरिका), नारायण आचार्य (द नेदरल्याण्ड्स) र शनि ओली (कतार) रहेका छन् ।शर्मा नेतृत्वको समितिले एकताको महाधिवेशनका बेला बाहिर रहेका एनआरएन अभियन्ताहरूलाई वार्ता र संवाद मार्फत एकीकृत गर्ने लक्ष्य लिएको छ ।समितिका संयोजक शर्माले एनआरएनएको बृहत् एकताको लागि छुटेका साथीहरूलाई पनि समेटेर संस्थालाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।उनले भने, ‘अहिलेको परिस्थिति अनुसार बृहत् एकताको लागि साथीभाइहरूसँग बृहत् संवाद गर्छौँ। अहिले साथीभाइहरूसँग कुरा गरेर के के गर्ने भन्ने पहिलो मिटिङ बसेपछि सार्वजनिक गर्छौँ ।’भर्खरै जेन जी आन्दोलनमा जनधनको ठूलो क्षति भएको अवस्थामा विदेशमा भएका सम्पूर्ण नेपालीहरूले कोभिडको बेला जस्तै सहयोग गर्नु पर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । उनले राष्ट्रिय पुनर्निर्माण लगायतका कुराहरूमा सहकार्य गर्नको लागि सबै समूह एक ठाउँमा आउनु पर्नेमा जोड दिए । विगतका तीता कुराहरूलाई बिर्सिएर एनआरएनमा नयाँ सुरुआत गर्न पनि छलफल र वार्ताकै माध्यमबाट टुङ्गोमा पुग्नु पर्नेमा उनले जोड दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल