गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । सुरेश भट्ट आश्रिन साउन १०, २०८२ गते ३:२८ मा प्रकाशित दोहा – गैरआवासीय नेपाली संघ कतारको भोलि २५ जुलाई हुने एकता अधिवेशनका लागि नेपाली काङ्ग्रेसका प्रबक्ता तथा पुर्व परराष्ट्र मन्त्री प्रकाशसरण महतलाई निर्वाचन समितिका संयोजक नरेन्द्र भाटले हमाद एअरपोर्टमा स्वागत गरेकाछन् ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति भोलि २५ जुलाई शुक्रबार दोहा स्थित क्राउन प्लाजा होटलमा दिनको १ बजे उद्घाटन हुने अध्यक्ष रमेश भट्टले जानकारी दिएका छन् ।संघको आफ्नै लोकल वेबसाईटमा आवेदन परेका ५४९३ र ४२४६ आवेदन प्रमाणित भएको र १०५५ आबेदनहरु प्रमाणित हुन बाँकी र १९२ ड्राफ्टमा रहेको साथै एचएलसी मार्फत बनेका झन्डै ३८०० पञ्जिकृत सदस्यहरु गरि जम्मा ९२९३ जना सदस्यको दस्तावेज निर्वाचन समितिको संयोजक नरेन्द्र भाटलाई हस्तान्तरण गरेको हो ।कतारमा रहेका रमेश भट्ट नेतृत्व र तत्कालीन समयमा नेतृत्व गरेका आइसिसि अध्यक्ष विनोद कुँवर नेतृत्वको दुई एनसिसि विच एकताको अधिवेशन हुन लागेको एकता समितीले जनाएको छ । दुवै पक्षले केही समय अघि प्रतिबद्धता पत्र सहितको एकता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तर, सर्वोच्च अदालतको परमादेशको अवहेलना गर्दै उच्चस्तरीय समितीको निर्वाचनबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई परराष्ट्रले मान्यता दिँदादिँदै पनि सबै कानुनी मान्यतालाई कुल्चिएर आफैं सर्वेसर्वा हुन् खोजेका बद्री केसीले कतारको सिङ्गो नेपाली संघलाई गुटबन्दी गरेर एक समुहलाई गैरसंवैधानिक बाटोबाट हिंडाएका छन् ।कतारको नेपाली समाजले बद्री पक्षलाई एक हुन आग्रह गर्दागर्दै समाजको आग्रहलाई अस्विकार गरि संस्थालाई राजनीतिकरणको बाटो हिंडाउन खोजेको आरोप उनिहरु माथी लागेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट