एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाका विषयमा छलफल भएको छ ।
अध्यक्ष श्रेष्ठले २०२५ अक्टोबर ११–१२ (असोज २५–२६, २०८२) मा काठमाडौंमा गर्न लागेको समिट सफल पार्नका लागि महासंघ अध्यक्ष ढकाललाई भेटवार्ताका क्रममा आग्रह गरे।
एनआरएनए आइसीसीको हालै बसेको पाँचौं वैठकले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई सफल पार्नका लागि एनआरएन डेको अवसरमा समिट गर्ने निर्णय गरेको थियो । श्रेष्ठले सम्मेलनले नीतिगत रूपान्तरण, सरकारको लगानी प्रवर्द्धनप्रति प्रतिबद्धता तथा निजी क्षेत्रलाई सशक्त साझेदारको रूपमा उभ्याउने पहल गर्ने वताए ।
पछिल्लो समय सरकारले लगानीका लागि वातावरण बनाउन भन्दै गरेका कानुनी सुधार, एकद्वार प्रणालीको कार्यान्वयन, पूर्वाधार र ऊर्जा क्षेत्रमा साझेदारीको विस्तार तथा डिजिटलाइजेशन र सेवा प्रवाहमा भएको सहजताका प्रयासहरूले अन्तर्राष्ट्रिय तथा एनआरएन लगानीकर्ताहरूका लागि नेपाल आकर्षणको केन्द्र बन्न थालेको समेत वताए ।
सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिकीकरणलाई सहयोग, विज्ञान र प्रविधि स्थानान्तरण, एनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको अध्यक्ष श्रेष्ठले बताएका थिए ।
सो अवसरमा उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले एनआरएन लगानी सम्मेलनलाई निजी क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनआरएनहरूलाई नेपालमा दीगो रूपमा लगानी गर्ने तथा नीतिगत पहलहरूमासमेत साझेदारी गर्नका लागि आग्रह गरे ।
यसका लागि नेपालमै लगानीका पर्याप्त अवसरहरू प्रोजेक्ट पाइपलाइन तथा राम्रो प्रतिफलको अवस्था बनेको पनि वताए ।
साथै, उनले उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे । यसमा एनआरएनहरू एकजुट भइ आउनु पर्ने सुझाव पनि दिए ।
अक्टोबरमा हुन लागेको सम्मेलनमा एनआरएन लगानीकर्ता, नेपाली लगानीकर्ता, विकास साझेदार, नेपाल सरकारका नीतिनिर्माता र सरोकारवाला निकायहरूको सहभागिता हुने जनाइएको छ ।
क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
तपाईको प्रतिक्रिया दिनुहोस