गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल दीप संञ्चार मंसीर २८, २०८१ गते १७:२१ मा प्रकाशित दोहा-कतारका लागि नवनियुक्त राजदूत रमेश चन्द्र पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको बताएका छन।आफू कतार आएको २२ दिनमै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २२औं स्थापना दिवसको अवसरमा बोल्दै राजदुत पौडेलले कतारमा रहेका मजदुरहरुलाई व्यवस्थित र छिटो छरितो रुपमा पासपोर्ट नवीकरण गर्ने बाताबरण बनाउन दूतावास लागि परेको बताएका हुन।मजदुरहरुको मुख्य समस्याका रूपमा रहेको पासपोर्ट नवीकरणको लागि दूतावासमा पनि सिमित कर्मचारीको कारण समस्या रहेकोले कतारमा रहेका सबै सस्था सङ्ग पनी समन्वय गरेर चाँडै समस्या हल गर्ने बताए।उनले भने “सिमितता हामी सँग पनि रहेछ,जस्को मिति नाघ्न लागेको छ उसलाई प्राथमिकता दिएर काम गर्नेछौं ”कतार श्रमिकहरूको श्रम गर्ने थलो भएको हुँदा श्रमिकको हकहितको रक्षा गर्नु पहिलो दायित्व दुतावासको रहेको बताउँदै उनले नेपालको आर्थिक श्रमृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने जिम्मेवारी कतारमा रहेका सबै नेपालीको रहेको बताएका छन।कतारबाट राहदानी नवीकरणका लागि अनलाइन स्लट उपलब्ध नहुँदा कतारमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि समस्या झेलिरहेका छन। राहदानी नभएर कतारी आईडी नबन्दा धेरै नेपालीले रोजगारी गुमाउनु परेकोले हरेक कार्यक्रममा सहभागीले दुतावासलाई समस्या समाधानको लागी अनुरोध गर्दे आएका छन ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट