गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा नेपाल नेसनल डे भब्य रूपमा मनाईयो कतारमा नेपाल नेसनल डे भब्य रूपमा मनाईयो दीप संञ्चार फागुन २७, २०८० गते १३:४५ मा प्रकाशित दोहा-कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) भब्य रुपमा मनाईएको छ।नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सह आयोजनामा नेपाल नेसनल डे(Nepal National Day) कतारमा भब्य रुपमा मनाईएको हो।कार्यक्रममा नेपाली राजदूत डाक्टर नरेशविक्रम ढकालले नेपालको भौगोलिकता,प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै आफ्ना महत्वपूर्ण भनाई राखेका थिए ।एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरेका थिए ।एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत,एक्स्पोमा पेभिलियन संचालन गर्ने विभिन्न मुलुकका कमिस्नर जनरलहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,नेपालीहरुले दौरा सुरुवाल तथा राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए भने विभिन्न जातजातिका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।एक्स्पो मार्च २८ सम्म चल्नेछ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट