गृहपृष्ठ ∕ समाचार ∕ कान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा, १५१ रुपैयाँ क्षतिपूर्ति माग कान्तिपुरविरुद्ध रविले हाले गाली-बेइज्जतीको मुद्दा, १५१ रुपैयाँ क्षतिपूर्ति माग दीप संञ्चार पुस १७, २०८० गते २१:०६ मा प्रकाशित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै लामिछानेले काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् ।मुद्दामा कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको छ ।‘मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०/०९/१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका ईकान्तिपूर डटकमसमेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ।ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ। ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु १५१ दिलाई भराई पाऊँ ।’ फिरादपत्रमा भनिएको छ ।उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम नगरेको बताएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल