परम्परा रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा एक शुभकामना व्यक्त गर्दै उनले ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी रहेको बताउँदै नेपाली सभ्यताको विकास र उत्थानमा जातीय विविधताले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।
संविधानले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँका विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए । उनले भने, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।”
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय ज्यापु दिवसले राष्ट्रिय एकता र साझा मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने कुरा व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस