गृहपृष्ठ ∕ समाचार ∕ कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो दीप संञ्चार मंसीर १७, २०८० गते २१:०३ मा प्रकाशित काठमाडौं । कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ।मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरू माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् ।उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पछि राजीनामा दिएका थिए।माओवादी र एकीकृत समाजवादीलाई समेत मन्त्रिपरिषद्मा सामेल गराइएको भन्दै उनले राजीनामा दिएका थिए। माओवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल