गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ दीप संञ्चार मंसीर १५, २०८० गते ३:२७ मा प्रकाशित दोहा – आज बाट कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरु माझ आज बाट शुरु भएको रेमिटले एक कार्यक्रम गरि आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् ।अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभारम्भ गरेको सापकोटाले जानकारी गराएका हुन । बिगत २३ बर्ष देखि पश्चिमाञ्चल को क बर्गको माछापुच्छ्रे बैंकले मध्यपुर्वका ४ वटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो ।सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंक मार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो । माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाख सम्मको व्यवसायीक कर्जा सहुलियत दिईने पनि सापकोटाले जानकारी दिए ।निरन्तर ५ महिना सम्म एमबिएल रेमिट मार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाख सम्मको क्रेडिड कार्ड पाउन सक्नेछन । उक्त क्रेडिड कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न पाउनेछन ।माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।संयोजक सापकोटाले कतारमा रहेका श्रमिकहरु विच बैंकिङ ज्ञान संगै रेमिट को एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ , बैचारिक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभारम्भको अवसरमा शुभकामना दिएका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल