गृहपृष्ठ ∕ समाचार ∕ भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्यो ५० लाख बढी सहयोग भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्यो ५० लाख बढी सहयोग दीप संञ्चार मंसीर १२, २०८० गते १४:०९ मा प्रकाशित काठमाडौं– पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिम लगायत जिल्लाका प्रभावितको राहतका लागि ५० लाख रुपैयाँ बढी सहयोग गरेको छ।टानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ५० लाख ५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको बताइएको छ।कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा गरी १५४ जनाको मृत्यु भएको थियो। भूकम्पबाट सयौं निजी घर तथा सार्वजनिक भवन लगायत संरचना भत्किएका छन्।अहिले सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको प्रक्रिया सुरु गरिएको बताएको छ। जसअन्तर्गत अस्थायी आवास निर्माणका लागि प्रदान गरिने ५० हजार रुपैयाँको पहिलो किस्ताको रकम वितरण गर्न स्थानीय तहहरुमा हस्तान्तरण गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल