गृहपृष्ठ ∕ समाचार ∕ त्रिशूलसहित गौशाला पुगेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ त्रिशूलसहित गौशाला पुगेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ दीप संञ्चार मंसीर ११, २०८० गते २१:२१ मा प्रकाशित प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरू भनिने आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ।व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानअन्तर्गत आज गौशालामा भएको प्रदर्शनमा पुगेका श्रीनिवास पक्राउ परेका हुन्।श्रीनिवासको अगुवाईमा गौशालाको मुल सडक कब्जा गर्दै प्रदर्शन भएको थियो । तर, सडक अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो । सोहीक्रममा श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल