गृहपृष्ठ ∕ समाचार ∕ आज सामाजिक सुरक्षा दिवस, वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए आज सामाजिक सुरक्षा दिवस, वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए दीप संञ्चार मंसीर ११, २०८० गते ९:४३ मा प्रकाशित सरकारले आज सामाजिक सुरक्षा दिवस मनाउँदै छ ।प्रत्येक वर्षको मंसिर ११ गतेलाई गर्दा सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक सुरक्षाको कुरा गर्दा वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जना कोषमा जोडिएका छन् ।कोषले मंसिर ११ गते सोमबार छैटौ सामाजिक सुरक्षा दिवस काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मनाउँदैछ । कोषले छैटौ दिवस मनाउँदै गर्दा गत बर्षदेखि कार्यान्वयनमा आएको वैदेशिक रोेजगारमा जाने र विदेशमा कार्यरत नेपालीहरु लाखौको संख्यामा जोडिएका हुन् ।मंसीर ८ गतेसम्मको तथ्यांक अनुसार बैदेशिक रोजगारमार्फत श्रम स्विकृति लिएर जानेको हकमा कोषमा योगदानको निरन्तरता न्युन देखिएता पनि वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको देखिएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म योगदानकर्ताको संख्या ९ लाख २८ हजार ४ सय ५३ पुगेको कोषले जनाएको छ ।कोषको पछिल्लो तथ्यांक अनुसार ४४ अर्ब ८५ करोड रुपैया कोषमा जम्मा भइसकेको छ । जसअन्तर्गत औषधी उपचार , स्वास्थ्य तथा मातृत्वका लागि ७६.१२ करोड दावी गरिएको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८.७५ करोड रहेको छ । त्यसैगरी आश्रीत परिवार सुरक्षा दाबी रकम १०.९६ करोड रहेको छ भने अवकाश दाबी रकम ५४८.९७ करोड रहेको जनाइएको छ । कोषमा अहिलेसम्म कुल दाबी रकम ६ अर्ब ४४ करोड पुगेको छ । सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्म बमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा कोषमा समेटिएका छन् ।क्याटेगोरी : समाचार, समाजट्याग : #सामाजिक सुरक्षा दिवस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल