गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न कतारमा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक २५, २०८० गते ०:५१ मा प्रकाशित दोहा – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।कार्तिक १७ गते शुक्रबार मध्यराती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भुकम्पमा परि ज्यान गुमाएका १५४ जना मृतक,परिवारहरु प्रती श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम एनसीसी कतारले दूतावासको सभा हलमा सम्पन्न गरेको हो ।एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व र नेपाली राजदुतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा भुकम्पमा परि घाइते भएका प्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो भने बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका मृतकको सम्झनामा दिप प्रज्वलन गरि आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको थियो ।साथै पिडित परिवारलाई राहत बितरणका लागि एनसीसी कतारले चलाएको यथा सक्य रकम संकलन अभियानमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले पीडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम १७ सय १३ कतारी रियल सोही कार्यक्रममा प्रदेशका कार्यवाहक अध्यक्ष डिल्ली राम भट्टराईले एनसीसी कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेका थिए।उनले कतारमा स्थापित संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट राहत संकलन गरिएको समेत बताए उक्त रकम दूतावास मार्फत प्रधानमन्त्री राज्यकोषमा पठाईने छ।राहत बितरणका लागि एनसीसी कतारले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ ।विभिन्न संघ संस्थाका प्रमुख,प्रतिनिधि लगायतको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण महासचिव रविन मगरले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट