गृहपृष्ठ ∕ समाचार ∕ जाजरकोट भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० घाइते जाजरकोट भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १४० घाइते दीप संञ्चार कात्तिक १८, २०८० गते १२:४५ मा प्रकाशित सशस्त्र प्रहरी बलले जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा ३ सय ६७ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरेको छ ।हालसम्म भूकम्पमा परी जाजरकोटमा ९५ र पश्चिम रुकुममा ३८ जना गरी १ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै घाइते हुनेको संख्या १४० जना रहेको छ भने १५५ जनाको उद्धार गरिएको छ । भुकम्पमा परेकाहरूको खोज तथा उद्धारका लागि जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल नंं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट प्रादेशिक सशस्त्र प्रहरी निरीक्षक डा. निश्चल घिमिरेको कमाण्डमा ४ जना मेडिकल टोली खटाइएको छ । यस्तै, नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७० जना, नं. ४२ रिजर्भ गण बाँकेबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २२ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित २५ जना, आश्रित गुल्म जाजरकोटबाट ७० जना र आश्रित गुल्म दैलेखबाट २५ जना गरी १ सय ९४ जना सशस्त्र प्रहरी कर्मचारीहरू उद्धार सामग्रीसहित खटिएको जनाइएको छ ।यसैगरी, पश्चिम रुकुममा विभिन्न गण तथा गुल्मबाट १ सय ७३ जना सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन भएका छन् ।सशस्त्रले प्रभावित क्षेत्रहरूमा विपद् उद्धारका लागि दक्ष जनशक्ति समेत परिचालन गरेको छ भने अन्य युनिटहरुबाट समेत फौज परिचालनको लागि तयारी अवस्थामा राखिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking, #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल