गृहपृष्ठ ∕ समाचार ∕ मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते दीप संञ्चार असोज २७, २०८० गते ९:५३ मा प्रकाशित मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट सोलुखुम्बुको लोबुचेका लागि उडेको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको हो ।नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई फिस्टेल एयर नाइनएन एजेआर कलसाइनको हेलिकप्टरले काठमाडौँ ल्याएको छ ।उनलाई उपचारका लागि काठमाडौँस्थित ह्मास अस्पतालमा लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी भुलले जानकारी दिए।हेलिकोप्टरमा पाइलट सेढाई मात्रै सवार रहेको सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिए।दुर्घटनाको कारण भने खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल