गृहपृष्ठ ∕ समाचार ∕ प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी दीप संञ्चार असोज १९, २०८० गते १५:४१ मा प्रकाशित काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मीले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।‘धेरै अग्रज र साथीभाइहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘संस्थाको शुद्धीकरण, भावनात्मक एकता: एनआरएनएभित्र आर्थिक पारदर्शीता’ भन्ने मेरो प्रमुख मुद्दामा सबैको साथ पाएको छु,’ मध्यपूर्व र यूरोप भ्रमणपछि उनले भने । युरोप र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तामाझ आफ्नो पक्षमा समर्थन जुटाएर फर्किएका उनले त्यहाँ उपाध्यक्षका रूपमा आफ्ना एजेन्डा अगाडि सार्दै सल्लाह सुझावसमेत लिएका थिए ।समृद्ध नेपालका लागि पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, प्रविधिमैत्री एनआरएनएलगायत अन्य एजेन्डाहरु अगाडि ल्याएका कतारका युवा व्यवसायी रेग्मीले ‘महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रूपान्तरण’, ‘समृद्ध नेपालका आधार, नागरिकता र मताधिकार’, प्राविधिक शिक्षा, युवा स्वरोजगार, नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना लगायत विषयलाई पनि प्राथमिकता दिएका छन् ।एनआरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दैछन् । अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति