गृहपृष्ठ ∕ समाचार ∕ नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी नेपालगञ्जमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन जारी दीप संञ्चार असोज १६, २०८० गते १४:३७ मा प्रकाशित नेपालगञ्ज सहर तनाबग्रस्त बनेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको भएपनि स्थिति नियन्त्रण बाहिर गएको छ ।हिन्दु र मुस्लिम समुदायबिच अचानक तनाब बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको थियो तर चोक चोकमा कर्फ्यू उल्लङ्घन गर्दै प्रदर्शन भईरहेको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १ः ०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१० ३० बमोजिम कर्फ्यू आदेश जारी गरेर स्थीति नियन्त्रणमा लिने प्रयास गरेको हो ।अचानक दिउँसो देखी स्थीति असहज हुदैँ गए पछि जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज नगर क्षेत्र पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासहितको चार किल्ला सिमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले सो क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरेको हो ।स्थानीय प्रशासनका अनुसार गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको ‘हिंसात्मक’ स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो भने आज मात्रै ओमकार परिवार हिन्दु समाजले निकालेको रयालीको क्रममा विवाद दुबै पक्षबिचमा असहज स्थीति उत्पन्न हुन गएको थियो ।नेपालगंज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शन भएपछि कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट