गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार एक्स्पो २०२३ आजबाट शुरू कतार एक्स्पो २०२३ आजबाट शुरू शारदा भुजेल असोज १५, २०८० गते २३:२२ मा प्रकाशित दोहा – कतार एक्स्पो २०२३ आजबाट शुरू भएको छ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतार एक्स्पो २०२३ को उद्दघाटन गरेका छन।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा शुरू भएको प्रदर्शनी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।आजबाट शुरू भएको एक्स्पो २०२३ सन् २०२४ को मार्च २८ सम्म चल्नेछ।भोलिदेखि सर्वसाधारणको लागि खुला गरिने एक्स्पोमा संयूक्त अरब इमिरेट्सका राष्ट्रपति एचएच शेख मोहम्मद बिन जायद अल नाह्यान, उज्वेकिस्तान गणतन्त्रका राष्ट्रपति महामहिम शावकत मिर्जियोयेभ,जिबूती गणतन्त्रका राष्ट्रपति महामहिम इस्माइल ओमार गुलेह, तान्जानियाका राष्ट्रपति महामहिम सामिया सुलुहु हसन पनि उपस्थित थिए।कार्यक्रमको सुरुमा राष्ट्रिय गान बजाइएको थियो र त्यसपछि ‘ग्रीन कतार’ नामक लघु चलचित्र देखाइएको थियो ।प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सम्बोधन गर्दै कतारले एक्स्पो २०२३ दोहा बागवानी प्रदर्शनीको आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिगो विकासका लागि आफ्नो प्रतिबद्धताप्रति प्रतिबद्ध रहेको बताए ।नेपालसहित जम्मा ८८ राष्ट्रको सहभागिता रहने कार्यक्रम अवधिभर विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट