गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनुवाई हुने प्रधानमन्त्री प्रचण्डविरुद्धको ७ वर्षअघिको मुद्दाको निर्णय मंसिर २८ गते सुनुवाई हुने दीप संञ्चार असोज ७, २०८० गते २१:२१ मा प्रकाशित सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने भएको छ ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आइतबार यस मुद्दाको निर्णय सुनाउने मिति तोकेको हो । आइतबार दुवैतर्फको बहस सकिएसँगै सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।यस मुद्दामा दोषी ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिनसक्नेछ । आरोप पुष्टि नभए निवेदन स्वतः खारेज हुनेछ ।२०७३ वैशाखमा प्रचण्डले राष्ट्रिय सभागृहमा आयोजित माओवादी कार्यकर्ताको भेलामा अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भन्ने अभिव्यक्ति दिएका थिए ।उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल