गृहपृष्ठ ∕ समाचार ∕ बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार दीप संञ्चार भदौ २९, २०८० गते १८:३४ मा प्रकाशित बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्।करणीमा परेकी दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्।दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ। पीडित बालिकाका आफ्नतले प्रहरीले आरोपितहरूलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।क्याटेगोरी : समाचार, समाजट्याग : #बलात्कार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट